काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक बोलाएको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने भएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सांगठनिक लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।