काठमाडौं – जसपा का नेताहरुसँग छलफल गर्नु भन्दाअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ ।
प्रवक्ता शर्माका अनुसार पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ । बैठकमा राजनीतिक सत्ता समीकरण, पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने प्रवक्ता शर्माको जानकारी दिनु भएको छ । पदाधिकारी बैठकलगत्तै सभापति देउवाले जसपाका नेताहरुसँग छलफल गर्दैछन् ।