काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी प¥यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ । त्यस्तो आन्दोलन हिंसात्मक नहुने समेत अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।
बुटवलमा आज राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले, ‘जरूरी प¥यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको हो ।’
उहाँले संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने समेत बताउनुभएको छ । दलित, मधेशी, आदिवासी जनजाति, मुश्लिम लगायतले पाएका अधिकारबाट पछाडि फर्कने त होइन भन्ने शंका समेत उहाँले गर्नु भएको छ ।
प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कुल्चेर तानाशाही प्रवृत्ति देखा परे त्यो जनताले स्वीकार नगर्ने पनि बताउनुभयो । उहाँले प्राप्त भएका उपलब्धि गुम्ने खतरा भए शान्तिपूर्ण क्रान्ति गर्नुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको छ । यो साँचो कुरा हो,’ ।