काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा नै प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकबाट बाहिरिएका छन् ।
संसद बैठक सुरु नहुँदै हिँड्नुको कारण के हो भन्नेबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री केपी शर्मा ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’ यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए । आजको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।