काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले गरेको फैसला अनुसार निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो । यसअघि आइतबार सर्वोच्चले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो । सर्वोच्च अदालतको सो फैसलासँगै यी २ दल पूर्ववत अवस्थामा नै फर्किएका छन् ।