काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेबाट सुरु हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको छ ।