काठमाडौं – आज देशभर थप ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।
देशभर हाल ८ सय ७० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर २ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार आज देशभर कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १२ पुगेको छ ।