काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा ५ सय रुपैयाँले वृद्धि भएको छ ।
मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८५ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन शुक्रबार तोलामा ८५ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले नै उकालो लागेको छ । तोलामा ८५ हजार १ सय ५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ ।