काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने जानकारी दिएका छन् । उनले राज्य पक्ष र आफ्नो पक्षबीच भएको सहमति हस्ताक्षरपश्चात बोल्दै देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने समेत बताउनु भएको छ । उहाँले भन्नुभयो, अहिलेका सबै समस्याको समाधानका निम्ति नेपाली जनतालाई निर्णयको अधिकार दिनुपर्छ । राज्य र विप्लव पक्षबीच भएको तीनबुँदे सहमतिअनुसार राज्य पक्ष र विप्लव पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो ।