काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई ६ महिनाको लागि निलम्बन गरेको छ । दलको उपनेताबाट उनलाई कारवाही गरेर ६ महिना निलम्बन गरिएको एक नेताले बताएका छन् ।
पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिएका छन् । उनका अनुसार नेकपा सचेतकबाट शान्ता चौधरीलाई पनि हटाइएको छ, भने केन्द्रीय सदस्यबाट सूर्य थापालाई कारवाही गरिएको छ । सूर्य थापा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार समेत हुन् ।