काठमाडौं – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । र वार्ता सकारात्क दिशाउन्मुख भएको पनि सरकारले जानकारी दिएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् ।
मंगलबार वार्ता टोली गठन गरेको सरकार र विप्लव नेकपाबिच आज वार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षाकाबिच वार्ता भएको हो । वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहाइसहितका विप्लव नेकपाको मागका विषयमा छलफल भएको छ । सरकारले मंगलबार गृह मन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई रहेको वार्ता टोली बनाएको थियो ।
विप्लव नेकपाले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने (दीपक) रहेको वार्ता टोली बनाएको सार्वजनिक भएको थियो ।