काठमाडौं – राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोना भाइरस विरुद्धको खोप लगाउने जानकारी दिएका छन् ।
सांसदहरुले भने आजदेखि नै कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् । फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्ने भएकाले त्यसअगावै कोरोना भाइरस विरुद्धको खोप लगाउन संसद सचिवालयले प्रबन्ध मिलाएको थियो । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप लगाइने मन्त्रालयले जानकारी दिएको छ ।