काठमाडौं – नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि सुरु हुनलागेको छ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा सेनाले ३ दिने पृतनापति सम्मेलनको आयोजना गर्न लागेको हो । २१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
साथै जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए÷गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने समेत सेनाले जानकारी दिएको छ ।