काठमाडौं – सभामुख,मन्त्री र सांसदहरुले आज कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने भएका छन् । उनिहरुलाई सरकारले बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउनको लागि आग्रह गरेको छ ।
कोरोना भाइरसविरुद्धको खोप आज बिहान १० बजेबाट लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिएका छन् ।