काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ ।
मन्त्रालयका अनुसार आज ७२ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको छ । हाल देशभर ९ सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ४ हजार १ सय २७ पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७७ पुगेको छ ।