काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं. ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्नु भएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गर्नुभएको छ ।
बिर्तामोड निवासी दुर्गा प्रसाईको ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा ३ सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो । १ वर्षको अवधिमा करीब २ हजार ७ सय बिरामीले अस्पतालबाट सेवा लिइसकेका छन् । जसमध्ये करीब १ हजार ३ सय झापाकै बासिन्दा रहेको समेत बताइएको छ ।