काठमाडौँ — सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द बिप्लब समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा २ सदस्यीय टोली गठन गरेको छ । बिप्लब समूहका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोलीको गठन गरिएको थियो ।
वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने सर्तमा बार्ता र्गनलागेको चन्द समूहका एक नेताले जानकारी दिएका छन् । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने समेत उनले बताएका छन् । ती नेताका भनाई अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गर्नेछौ ।