काठमाडौं– नेपाल सरकारले विप्लव समूहसँग वार्ताको लागी वार्ता टोलीको गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले वार्ता टोलीको गठन गरेको हो । वार्ता टोलीका अर्का सदस्य राजन भट्टराई रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघिमात्रै विप्लव समूहसँग छिट्टै वार्ता गर्ने सार्वजनिक समारोहमा जानकारी गराएका थिए ।