काडमाडौं – काडमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीहरुबीच झडप परेको छ ।
झडपमा संलग्न प्रचण्ड–नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिएका छन् ।
आज बिहान प्रचण्ड–नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए । सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद उत्पन्न भएको थियो । एसएसपी सिंहका अनुसार प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको छ