काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । २ दिन अघिमात्रै नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका प्रधानमन्त्री ओली आज फेरि गृहजिल्ला झापा जानलागेका हुन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओली विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्नको लागि झापा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल ३ सय शय्या क्षमताको रहेको छ ।
ओलीले आजै विर्तामोड नगरपालिका –७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम पनि रहेको छ । शिवाकोटीले भने, विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् । ‘७ धुर जग्गासहितको घर विपन्न परिवारले पाउने छन्,’ ।
झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम पनि तय भएको छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले देश दौडाहा बढेको छ । उदघाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।