काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ । आज देशभर कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७७ पुगेको छ ।
आज थप ६४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ । हाल देशभर ९ सय ६८ जना कोरोना भाइरसका सक्रिय सङक्रमित रहेका छन् । आज देशभर गरी ३ हजार ४९ पीसीआर परक्षिण भएको छ ।