काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउनको लागि आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा हातेमालो गर्न आउनको लागि आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो ‘तपाईहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन’। सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न समेत प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।