काठमाडौं – ‘विप्लव’ नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई पक्राउ परेका छन् । इन्चार्ज सुस्लिङलाई चन्दा आतङ्क मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश नम्बर– २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गौशाला नगरपालिका वडा नम्बर –११ स्थित तारेचौरीबाट उनलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । चन्दा आतङ्क मच्चाएको आरोपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।