काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशनको आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । गत फागुन ११ गते संसद विघटनको घोषणा बदर गर्दै सर्वाेच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।