काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन तोलामा ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ३० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।