ma-ta-marchu-ki-kya-ho.jpg

चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको करिब एक बर्ष भएको छ । यो चलचित्रमा कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका थियो । यसपटक उनीहरु सानो पर्दामा दर्शकलाई मनोरञ्जन दिने तयारीमा रहेका छन् । सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बनिरहेको ‘म त मर्छु कि क्याहो’मार्फत उनीहरु पर्दामा फर्किन लागेका हुन् । यो वेव सिरिज हो । जसको छायाङ्कन चितवनका विभिन्न स्थानमा गरिएको छ ।

यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा मङ्गोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चाडै नै आफ्नै युटुब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनीहरुको तयारी छ । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले चिन्न थालेका हुन् ।