stock-market.jpg

काठमाडौं —साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २ हजार ४ सय ७५द दशमलव २६ अंकले बढेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेको छ । कारोबार रकम ८ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७१ हजार ८ सय ६६ कारोबारबाट २ सय १ कम्पनीका १ करोड ८६ लाख ६० हजार ८ सय ११ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट ७ अर्ब ५८ करोड ७९ लाख २४ हजार ५ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम बुधबारको भन्दा कम हो । हिजो बुधबार ९ अर्ब भन्दा माथिको कारोबार भएको थियो । समूहगत रुपम हेर्दा व्यापार समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४.५१ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, उत्पादनमूलक, निर्जिवन बिमा, लघुवित्त र अन्य समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ । बैंक, विकास बैंक, होटल, जीवन बिमा लगायतका समूह भने घटेर राताम्मे देखिएका छन् ।

विहीबार लघुवित्तका लगानीकर्ताहरुले राम्रो कमाएका छन् । नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये सबै भन्दा धेरै कमाउने १० कम्पनीमा ९ वटा त लघुवित्तमात्रै देखिएका छन् । धेरै कमाउने पहिलो नम्बरमा सुर्योदय लघुवित्त देखिएको छ । जसको सेयर मूल्य १७५ रुपैयाँले वृद्धि भएको छ । दोस्रोमा जनउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३ सय ४० रुपैयाँ र तेस्रोमा समिट लघुवित्तको सेयर मूय एकैदिन १ सय २० कित्ताले वृद्धि भएको छ ।