pradarshan_So4qiWViEI.JPG

काठमाडौ—नेकपा प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस भोलि शुक्रबार आयोजित कार्यक्रमस्थल नारायणहिटीसम्म निकालिएको हो ।

सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’लगायतका नारा लगाएका थिए ।