ghaite_janak_2_d2mGEarg64.jpg

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रहरी दुवै घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीतर्फका नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घाइते भएका छन् । झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् ।