mahottariprotest3241120200845261000x0-1606209331.jpg

महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहड्तालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा परी बर्दिवास नगरपालिका – ३ का वडाध्यक्ष राजन ढुङ्गाना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।