khana_andolan_9_ka0Psr6U0I.jpg

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालमा उत्रिएका नेता कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् । कोटेश्वर चोकमा आन्दोलनकारीले आज उनिहरुले सडकमै खाना पकाएर खाएका हुन् । सडकमा खाना पकाउने क्रममा प्रहरीसँग केहीबेर भनाभन र धकेलाधकेल समेत भएको थियो । संसद विघटनविरुद्ध संघर्षरत नेकपा प्रचण्ड माधव पक्ष पछिल्लो पटक सरकारले संवैधानिक निकायहरुमा असंवैधानिक ढङ्गले नियुक्ति गरेको भन्दै आज देशव्यापी आमहड्तालमा उत्रिएको हो ।