Photo-with-Indian-ambassador.jpg

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ । अर्थमन्त्रीको निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजानीतिक क्रमको बारेमा कुराकानी हुनुको साथै भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाका लागि छुट्याएको वजेटको बारेमा समेत छलफल भएको बताइएको छ ।

भारत सरकारले जारी गरेको बजेटमा नेपालका लागि १५ अर्ब ८७ करोड रुपैयाँ छुट्टयाइएको छ । त्यो बजेट कसरी कुन–कुन शीर्षकमा खर्च गर्ने त्यस विषयमा दुई जनाबीचमा छलफल भएको भारतीय दूतावास स्रोतले जानकारी दिएको छ । साथै भारतबाट खरिद गरिने कोरोना भ्याक्सिनको बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।