banda_X8FPoq957U.jpg

काठमाडौं – काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लङ्घन गरेको भन्दै टाटासुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठोरले जानकारी दिएका छन् ।