1574211088.jpg

काठमाडौं – हात खाली नगराउने आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकको साढे १२ प्रतिशतले नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२ दशमलव ५४ प्रतिशतले घटेर ३५ करोड २२ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालन नाफा पनि १२ दशमलव ३१ प्रतिशतले घटेर ५० करोड ३५ लाख ७६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकले ५७ करोड ४३ लाख २० हजार रुपैयाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले नाफा खुम्चिएको हो । खुद ब्याज आम्दानी ७ दशमलव ७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।