Madhav-Kumar-Nepal-1.jpg

काठमाडौं — नेकपा प्रचण्ड—माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ ।

हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरङ्कुश शासकका रुपमा प्रस्तुत गरेको बताए । ‘संविधानलाई कुल्चिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो,’ उनले भने, ‘यसले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं ।’