banda-ncp-ktm-7.jpg

काठमाडौँ— नेपाल बन्द गराउँदै हिँड्ने र तोडफोडमा उत्रने एक सय ४९ जना देशका विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा आधाभन्दा बढी काठमाडौँ उपत्यकाभित्रका रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० स्थानमा तोडफोडका घटना भएका छन् । काठमाडौँ उपत्यकामा पाँच, सुनसरीमा २ तथा इलाम, सिन्धुली र मकवानपुरमा एक एकवटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ ।