banda-jhapa-5.jpg

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेकपाको प्रचण्ड—नेपाल समूह आह्वानमा गरिएको बन्दको आंशिक प्रभाव परेको छ । पूर्व पश्चिम राजमार्गमा सवारी साधन केही चलेका छन् भने बजारहरू आंशिक रुपमा खुलेका छन् । शिक्षण संस्थाहरू भने बन्द रहेका छन् । जिल्लाभर कहीँ कतै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार अहिलेसम्म कहीँ कतै कसैलाई धरपकड गर्नु परेको छैन । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा सबै सरकारी कार्यालयहरू खुलेका छन् । बन्दकर्ताहरू सडकमा फाट्टफुट्ट देखिएका छन् । झापाको बिर्तामोडमा सडकमा रहेका बन्दकर्ताहरूले सवारी साधन नचलाउन अनुरोध गरेका छन् ।