dang_banda-1-1.jpg

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालका कारण दाङको जनजीवन प्रभावित भएको छ । आज बिहानै देखी प्रमुख चोकमा प्रचण्ड–माधव पक्षका कार्यकर्ता बिरोधमा उत्रिएका छन् । पूर्व पश्चिम राजमार्ग सुनसान छ । सुनसान राजमार्गमा बन्दकर्ताहरु धर्ना बसेका छन् । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आज आम हड्तालको आह्वान गरेको हो ।