Dharan-pradarsan.jpg

काठमाडौं – धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ । आज बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाको भनाई अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य रहेको छ । धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको समेत उनले बताएका छन् । धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको पनि उनले जानकारी गराएका छन् ।