surkhet_amhadtal_XjRbNiA15J.png

सुर्खेत—नेकपाको माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलङ्घन गरेको भन्दै सुर्खेतमा एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् । दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाएका हुन् । विष्ट मोटरसाइकलमा सवार थिए ।

एयरपोर्ट चोकदेखि बजारतर्फ अत्यावश्यक काममा हिँडिरहेको बेला आन्दालनकारीले मोटरसाइकल रोकेर कुटपिट गरेको विष्टले जानकारी दिएका छन् । उनको मुख, हात र ढाडमा चोट लागेको छ भने विष्टले लगाएको ज्याकेट समेत च्यातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न आन्दोलनकारीको खोजी भैरहेको छ ।