goli-3.jpg

काठमाडौं – मोरङको उर्लाबारी नगरपालिकाबाट एसएलआरमा प्रयोग हुने १ सय ८५ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी –१ लक्ष्मीझारस्थित दलबहादुर लिम्बुको घर क्षेत्रबाट गोली बरामद भएको हो । मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार बुधबार दिउँसो पुरानो काठको घर भत्काउने क्रममा जमिनमुनि प्लाष्टिकले पोका पारेर गाढेको अवस्थामा गोली भेटिएको हो ।

स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले भत्किएको घरको जमिन खन्ने क्रममा गोली भेटिएको प्रवक्ता राईले बताएका छन् । फेला परेको गोली ईलाका प्रहरी कार्यालय उर्लाबारीमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता राईका अनुसार कालो रङ्गको प्लाष्टिकभित्र पोका पारी जमिनमुनि गाडिएको अवस्थामा एसएलआरमा प्रयोग हुने ७ दशमलव ६२ एमएमको १ सय ८५ राउण्ड गोली फेला परेको हो ।