strick-ncp-2.jpg

काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल खेमाले आह्वान गरेको आमहड्तालको क्रममा बन्द गराउँदै हिँडेका ७७ जनालाई प्रहरीले काठमाडौँ उपत्यकाबाट पक्राउ गरेको छ । यस्तै अर्का एक प्रदर्शनकारीलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपाका नेता कार्यकर्ताले चाबहिल, कोटेश्वर, रत्नपार्कसहितका विभिन्न स्थानमा प्रदर्शन तथा नाराबाजी गरिरहेका छन् ।