ezgif-5-54f7c16a54b9.jpg

काठमाडौं – झापाबाट लागु औषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका – १२ बस्ने २६ वर्षीय विकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम १८ एम्पुल, बुप्रेनरफिन १८ र फेनारगन १८ गरी ५४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको समेत प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि जिल्ला अदालत झापाबाट अनुमति लिई म्याद थप गरी कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ ।