960x0.jpg

काठमाडौं – तीव्र उतारचढावकाबीच सेयर बजार घटेर बन्द भएको छ । घटबढको श्रृंखला दिनभर चले पछि ६ अङ्कले बजार घटेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घटेर २ हजार ४ सय ६६ दशमलव ९२ अङ्कमा झरेको छ । कारोबार रकम भने ९ अर्ब नाघेको छ । दिनभर भएका ९१ हजार ५ सय ५९ कारोबारबाट २ सय २ वटा कम्पनीका २ करोड २० लाख ४० हजार ५ सय १६ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने समूहहरु मध्ये जलविद्युत् समूहका सबइन्डेक्स र बैंकिङ, लघुवित्त बढेका छन्,भने बाँकी सबै आज घटेका छन् ।