584a24419a10f.jpg

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिर्या गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी पनि गरिने छ ।

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिर्या गर्नको लागि केहि समय लाग्ने एन्फाले जानकारी दिएको छ । विमललाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उनी प्रशिक्षणका क्रममा घाइते भएका थिए । एन्फाले कतार फुटबल सङ्घसित समवनय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तान पनि हुन् ।