rally_khadga_14_hnV1QhTo1F.jpg

काठमाडौं – नेकपा ओली पक्षले काठमाडौंमा आज मोटरसाइकल ¥याली निकालेको छ । माघ २३ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा आज मोटरसाइकल ¥याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए । ललितपुर र काठमाडौंको सीमा क्षेत्र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातदोबाटो, पुल्चोक, थापाथली हुँदै रत्नपार्क पुगेर समाप्त भएको थियो ।