2-1.jpg

मोरङ – भारतले चलनचल्तीमा प्रतिबन्ध लगाएको ५ सय रुपैयाँ दरको २ सय ८ थान नोटसहित एक नेपाली युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । झापा दमक–९ पाडाजुंगीका ३१ वर्षीय अजय बलकोटीलाई कुल १ लाख ४ हजार रुपैयाँसहित मोरङ प्रहरीले पक्राउ गरेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनु भएको छ ।

भारतबाट नेपाल आउँदै गर्दा जाँचका क्रममा महानगरपालिका १७ मटेहरुवाबाट प्रतिबन्धित नोटसहित निज बलकोटीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका बलकोटीलाई आवश्यक कारबाहीका लागि प्रतिबन्धित रुपैयाँसहित मोरङस्थित विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।