juwa-tas.jpg

काठमाडौं – सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरिले जानकारी दिएको छ ।