gaja.jpg

काठमाडौं – सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका वडानम्बर – १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा ४१ किलो लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।