PRO_KTM_PRESIDENT_AAYOGE_SAPHAT20210203_IMG_0301_xW3HKNB7QZ.jpg

काठमाडौं – विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । आज बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना उपस्थित भएतापनि उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

‘यो असंवैधानिक कदम हो भन्ने कुरा आइरहेको छ । त्यसैले उहाँहरु नजानु भएको हो । असंवैधानिक कदममा साक्षी बस्न जाने कुरा पनि जायज होइन,’ उपराष्ट्रपति पुन र सभामुख सापकोटा निकट श्रोतले जानकारी दिएको छ । यसलाई कतिपयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर संवैधानिक रुपमा देखिन थालेको भनेर समेत टिप्पणी गरेका छन् ।